महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलगढीमा दुईदिने प्रदर्शनीको आयोजना गरिने

सिलगढी : महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर द ग्लेम लाइफ-ले प्रदर्शनीको व्यवस्था गरेको छ। आगामी 6 र 7 मार्चमा सिलगढीको बाघाजतिन एथलेटिक क्लबमा महिलाहरूद्वारा बनाइएको विभिन्न वस्तुहरूको दुई दिवसीय स्टल लगाइने भएको छ। तृणमूल नेता रञ्जन सरकारले उक्त प्रदर्शनीको उद्घाटन गर्ने भएका छन्। द ग्लेम लाइफका नन्दिता घोषले बताएअनुसार उक्त दुई दिवसीय प्रदर्शनीमा महिलाहरूको हस्तनिर्मित आभूषण, साड़ी र अन्य विभिन्न वस्तुहरूको स्टल लगाइने भएको छ। यस प्रदर्शनीमा मोठ 26 वटा स्टल लगाइने छ भने सिलगढी बाहेक जलपाईगढी जिल्लाका केही मनिसहरूले पनि उक्त प्रदर्शनीमा आफ्नो स्टल लगाउने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *