महिलाको अन्तिम संस्कार नगरी श्मशान घाटमै शव छोड़ेर गए परिवारका सदस्यहरू

सिलगढी : सिलगढीमा एकपल्ट फेरि अमानवीयताको घटना देखापरेको छ। आफन्तहरूले अन्तिम संस्कार नगरी एउटी महिलाको शवलाई श्मशान घाटमै छोडेर गएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान सिलगढीमा एउटी महिलाको अन्तिम संस्कार नगरी परिवारका सदस्यहरूले शव किरणचन्द्र श्मशान घाटमै छोडेर गएको बताइएको छ। श्मशान घाटका कर्मचारीहरूले मृतकको परिवारका सदस्यहरूको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्ततः तिनीहरूले घटनाबारे प्रधाननगर पुलिसलाई खबर दिए। यसपछि डाक्टरले मृत्यु प्रमाण पत्र दिएपछि मुक्तधारा फाउन्डेशन नाम गरेको स्वयंसेवी संस्थाले उक्त महिलाको अन्तिम संस्कार गरिएको बताइएको छ। तथापि मृतकको नाम तथा ठेगाना हालसम्म थाहा लागेको छैन। स्मरण रहोस्, केही दिन अघि सिलगढीको विनय मोड़ नजिक सड़कमा एउटा वाहनमा एकजना व्यक्तिको शव भेट्टाइएपछि स्वयंसेवी संस्थाका सदस्यहरूको सहयोगमा उक्त व्यक्तिको पनि अन्तिम संस्कार गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *