महिलालाई छुरी हानेर भाग्ने युवती पक्राउ

नक्सलबारी: खोरीबारी थाना अन्तर्गत बतासीमा युवतीले एकजना महिलालाई छुरी हानेर घाइते बनाइदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार एकजना युवतीले महिलालाई छुरी हानेर भाग्ने प्रयास गरिरहेको समयमा स्थानीय मानिसहरूले तिनलाई पक्राउ गरेर यसबारे खोरीबारी पुलिसलाई जानकारी दिए। यसपछि खोरीबारी पुलिसले घटनास्थलमा पुगेर उक्त महिलालाई पक्राउ गरेको बताइएको छ। घटनाबारे खोरीबारी थाना प्रभारी पासाङ शेर्पाले बताए अनुसार हाल यस घटनाबारे छानबिन चलिरहेको छ। प्राथमिक छानबिनमा यो पारिवारिक मामिला रहेको आशंका गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *