महिला राष्ट्रिय कुस्ती प्रतियोगितामा उत्तर बंगालका 4 जनाले अंश ग्रहण गर्ने

राजगञ्ज : उत्तर बंगालकी 4 जना खेलाडी महिला राष्ट्रिय कुस्ती प्रतियोगितामा अंश ग्रहण गर्ने भएकी छन्। महिला राष्ट्रिय कुस्ती प्रतियोगितामा अंश ग्रहण गर्नेहरूमा गजलडोबा हाई स्कुलकी रिङ्कु सईबो, माथाभाङ्गा महाविद्यालयकी अपर्णा बर्मन, उदलाबारी सुनील दत्त स्मृति गर्ल्स हाई स्कुलकी ममता माझी र तिनकी छेमाकी छोरी सामेल छन्। यी 4 जना खेलाडीहरूले जलपाईगढी जिल्ला रेसलिङ एसोसिएसनको अधीनमा गजलडोबा इलाकाबाट प्रशिक्षण लिएकी हुन् भने तिनीहरूमध्ये केही दैनिक मजदुर परिवार तथा केही कृषक परिवारका छन्। 23औँ महिला राष्ट्रिय कुस्ती प्रतियोगितामा अंश ग्रहण गर्नको लागि तिनीहरू भोलि 29 जनवरी दिल्ली प्रस्थान गर्ने भएकी छन्। राज्य स्तरीय कुस्ती प्रतियोगितामा राम्रै प्रदर्शन गरेकोले राष्ट्रिय स्तरीय कुस्ती प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्ने तिनीहरूले आशा साँचेका छन्। आर्थिक अवस्था कमजोर भएकोले प्रतियोगितामा भाग लिनको लागि तिनीहरूलाई उचित आहार सेवन गर्न असम्भव थियो। बेलाकोबाका सामाजिक कार्यकर्ता सुकुमार राय र अशोक दास तिनीहरूको सहयोगको लागि अघि आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *