महिला सहित पक्रा परेका 5 जना भू-माफियालाई उभ्याइयो अदालतमा

सिलगढी : भू-माफियाविरुद्ध सिलगढी मेट्रोपोलिटन पुलिसको धड़पकड़ अभियान लगातार जारी रहेको छ। यसै क्रममा एनजेपी थाना पुलिसले हिजो अभियान चलाएर भू-माफिया मेरी र तिनको छोरा आईबुल इस्लामलाई पक्राउ गरेको थियो। पक्रा परेकी महिलाको असल नाम आजोयारा बेगम रहे तापनि तिनी मेरी नामले परिचित छन्।


फुलबारी पश्चिम धनतला निवासी मेरीले धेरै दिन अघिदेखि जमिनको मामिलामा मानिसहरूलाई ठग्दै आइरहेकी थिइन् भने तिनीविरुद्ध थानामा धेरै अभियोग दर्ता रहेको बताइएको छ। यसको साथै पुलिसले अझै 5 जना भू-माफियालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा इद्रिस अली, जाहिरूल हक, एजारूल हक, साजिबर रहमान र आताउल इस्लाम सामेल छन्। पक्रा परेकी महिला, तिनको छोरा लगायत 5 जनालाई आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *