महिलासित अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सिलगढी : महिलासित अभद्र व्यवहार गरेको आरोपमा प्रधान नगर थाना पुलिसले रविन्द्र नगर इलाकाबाट एकजना शिक्षकलाई पक्राउ गरेको छ। पक्रा परेका शिक्षक रविन्द्र नगर इलाका निवासी 48 वर्षीय प्रवीर बर्मनको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 7 फरवरीमा सिलगढीको रेगुलेटेड मार्केटको 2 नम्बर गेट नजिक एउटी महिला आफ्नो बहिनीसित बजार गएको समय आफ्नो साथीसित बाइकमा आएका प्रवीर बर्मनले उक्त महिलासित अभद्र व्यवहार गरेको बताइएको छ। यसपछि गत 9 फरवरीमा उक्त महिलाले प्रधान नगर थानामा प्रवीर बर्मनविरुद्ध लिखित अभियोग दर्ता गरे। घटनापछि आरोपी प्रवीर बर्मन भागेको बताइएको छ। यसपछि गत राति प्रधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा अभियान चलाएर आरोपी शिक्षक प्रवीर बर्मनलाई पक्राउ गरेपछि तिनीविरुद्ध विभिन्न धारा अन्तर्गत मामिला दर्ता गरेपछि आज अदालतमा पेश गर्यो। स्मरण रहोस्, अभियोगकर्ता महिलाले यसभन्दा अघि पनि आरोपी शिक्षक प्रवीर बर्मनविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै महिला थानामा अभियोग दर्ता गरेकी थिइन्। उक्त महिलाको लोग्ने प्रवीर बर्मनको साथी रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *