महिला सुरक्षाबारे जागरूक गर्न सिलगढीमा सेमिनारको आयोजना

सिलगढी : जिल्ला कानुनी परिसेवा प्राधिकरणले महिला सुरक्षाबारे जागरुकता फैलाउने पहल गरेको छ। आर्थिक अवस्था कमजोर रहेकोले विभिन्न ठाउँका केही युवतीहरू कामको लागि भिन्न राज्यमा जाने गर्दछन्। एउटा गुटले काम लगाइदिने प्रलोभन देखाएर यस्ता महिलाहरूको तस्करीको धन्दा चलाइरहेको छ। यस विषयलाई लिएर आज उत्तरबंग विश्वविद्यालयको ल कलेजमा एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा ल कलेजकी अध्यक्ष डा. गङ्गोत्री चक्रवर्ती, डिस्ट्रिक लिगल सर्भिसेसका सचिव न्यायाधीश सुजय सरकार, दार्जिलिङ जिल्ला  लिगल एड फोरमका जिल्ला अध्यक्ष अमित सरकार, संयुक्ता मैत्रा लगायत अन्य उपस्थित थिए। उक्त सेमिनरमा विभिन्न ठाउँका ल विभागका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए भने सेमिनरमा महिलाहरूको सुरक्षाको हितमा कानुनी सेवाहरू कसरी प्रदान गरिने विषयमा चर्चा परिचर्चा गरियो। यस अवसरमा अमित सरकारले लकडाउन अवधि तिनले कोभिडको सबै नियमहरू पालन गर्दै जागरूकता कार्यक्रम जारी राखेको साथै यस अवधि धेरैपल्ट महिला तस्करीको घटनाहरू अघि आएको तिनले बताए। ती महिलाहरूलाई रिहाई गर्नको लागि निःशुल्क कानुनी सेवा प्रदान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *