महिला सुरक्षालाई ध्यानमा राखेर विनर्स टीमको दोस्रो टोली पनि ओर्लियो सडकमा

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले सहरमा महिलाको सुरक्षालाई अझ सुनिश्चित गर्ने उद्देश्य लिएर विनर्स टीमको दोस्रो टोली पनि गठन गरेको छ। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले हिजो हरियो झण्डा देखाएर विनर्स टीमको दोस्रो टोलीलाई प्रस्थान गरे। हाल विनर्स टोलीमा 64 जना महिला पुलिसकर्मी सामेल छन्। तीमध्ये 20 जनाले ईस्ट जोन र 20 जनाले वेस्ट जोनमा नजरदारी राख्नेछन् भने अन्य 24 जना विनर्स टीमको महिला पुलिसलाई रिजर्भ राखिएको छ। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले भने, गत 10 महीनाअघि विनर्स टीमको गठन गरिएको थियो।


राज्यभरिमै उक्त टीमको कार्यलाई निक्कै प्रशंसा गरिरहेको छ भने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्वयम् उक्त टीमको प्रशंसा गरिन्। मुख्यमन्त्रीले राज्यको प्रत्येक जिल्ला तथा पुलिस कमिश्नरेटमा विनर्स टीम तयार गर्ने निर्देश दिएकी थिइन्। विनर्स टीमको कार्यलाई हेरेर नै यसको दोस्रो टोली गठन गर्ने निर्णय लिएको थियो। यसै अनुसार विनर्स टीमको दोस्रो टोली गठन गरेर सड़कमा उतारेको छ भने उक्त टोलीले अब सिलगढी सहरभरिमै नजरदारी राख्नेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.