महिला तथा दिव्याङ्गको लागि सफारी पार्कमा  रेडिमेड मार्केट बनाइने

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले स्वनिर्भर महिला समूह र दिव्याङ्गहरूको लागि बंगाल सफारी पार्कमा रेडिमेड मार्केट बनाउने घोषणा गरे। बंगाल सफारी पार्कको प्रमुख प्रवेश द्वार अघि  5 कट्ठा जमीनमा दुई तले भवन निर्माण गरेर रेडिमेड मार्केट  खोलिने तिनले बताए। मुख्यमन्त्री ममता ब्यानर्जीको “कर्म तीर्थ योजना” अन्तर्गत उक्त कार्यको शुरूआत गरिएको तिनले बताए। 2 वर्षसम्मको प्रयासपछि फरेस्टबाट लिइएको 5 कट्ठा जमीनमा स्वनिर्भर समूहका महिला र दिव्याङ्गहरूको लागि रेडिमेड मार्केट तयार गरिने तथा राज्य सरकारको तर्फबाट यसको लागि अनुमोदन पाइसकेको तिनले बताए। पुजापछि  उक्त रेडिमेड मार्केटको निर्माणको कार्य शुरू गरिने साथै स्वनिर्भर समूहका महिला तथा दिव्याङ्गहरूलाई स्टल प्रदान गरिनेछ। उक्त स्टलमा ती महिला तथा दिव्याङ्गहरूले आफैले तयार गरेको समानहरूको बिक्री गरेर आ-आफ्नो जीविका चलाउन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *