महुवा गोप जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेस सभापति चयन

जलपाईगढी : तृणमूल नेत्री महुवा गोपलाई जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसको नयाँ सभापति चयन गरिएको छ। हिजो जिल्ला सभापतिको रूपमा तिनको नाम घोषणा गरेपछि तृणमूलका धेरैजना नेता तथा कार्यकर्ताहरू तिनको घरमा पुगेर बधाई दिए। जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेसको नयाँ सभापति चयन भएपछि तिनी भावुक बन्दै मुख्यमन्त्री ममता ब्यानर्जीप्रति कृतज्ञता प्रकट गरिन्। तिनले भनिन्, म जस्तो एकजना साधारण महिलालाई सभापतिको दायित्व दिएको छ। निष्ठा एवम् ईमान्दारीताको साथमा मानिसहरूको लागि काम गर्ने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *