मैले विनय तामाङलाई धोका दिएको होइन नत्र नेताहरू मसँग हुने थिएन : अनित थापा

खरसाङ : हालै तृणमूल कङ्ग्रेसमा सामेल भएका विनय तामाङले खरसाङमा आयोजित सभालाई सम्बोधन गर्दै अनित थापाले आफूलाई धोका दिएको भन्ने आरोप लगाउँदै तिनको विषयमा विभिन्न प्रकारको बयान दिएपछि आज स्वयम् अनित थापाले पत्रकारहरूसितको कुराकानीमा विनय तामाङलाई आफूले कहिले धोका नदिएको दावी गरे। तिनले भने, यदि मैले विनय तामाङलाई धोका दिएको भए आज अन्य नेताहरू मसँग नहुनुपर्ने थियो। तब धोका कसले दियो स्पष्ट हुन्छ। तिनले अझ भने, कुसंस्कारको राजनीतिलाई हटाएर संस्कारी राजनीति पहाडमा स्थापित गर्न चाहन्छु। कसैले यदि ममाथि टीका टिप्पणी गर्छ भने म ऊमाथि टिप्पणी गर्न चाहन्न। यहीँ संस्कार परिवर्तन नै मेरो राजनैतिक अभियान हो। तिनले पहाडमा केही राजनैतिक दलका नेताहरू राजनीतिक बदलाको भावनाले प्रेरित भएर राजनीति गर्दै गरेको बताउँदै आफू बदला होइन तर बदलावको राजनैतिक अभियानमा लागेको व्यक्ति हुँ भनी बताए। यहीँ बदलाव राजनैतिक गर्ने क्रममा आफूले हाल धेरै राम्रा व्यक्तिहरूको साथ पाएको अनित थापाले पत्रकारहरू सामु बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *