मैनागढीको जलढाका नदीको तटबाट दुईवटा मरेको बाइसन उद्धार

मैनागढी : मैनागढी ब्लकको जलढाका नदीको तटबाट वन विभागले आज बिहान दुईवटा मरेको बाइसन उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले मैनागढीको जलढाका नदीको तटमा एउटा बाइसनको मृतदेह देखे भने अझै एउटा बाइसनलाई नदीको तटमा घुमफिर गरिरहेको देखेपछि वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुग्दा अर्को बाइसनलाई पनि मरेको अवस्थामा फेला पारे। यसपछि वनकर्मीहरूले उक्त मरेको दुईवटा बाइसनलाई उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै के-कारणले गर्दा उक्त दुईवटा बाइसन मरेको हो भन्ने विषयमा जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *