मैनागढी ट्रेन दुर्घटनाका घाइतेहरूसित मेडिकल कलेजमा भेटे उत्तर-पूर्व रेलवेका जेनरेल म्यानेजर अन्शुल गुप्ताले

सिलगढी : उत्तर-पूर्व रेलवेका जेनरेल म्यानेजर अन्शुल गुप्ताले आज मैनागढी ट्रेन दुर्घटनामा घाइते भएकाहरूको स्वास्थ्यबारे जानकारी लिए। जलपाईगढीका सांसद जयन्त रायलाई साथमा लिएर तिनले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा रहेको घाइतेहरूसित कुराकानी गरे। यस अवसरमा कटिहार एडीआरएम लगायत उच्च पदाधिकारी अधिकारीहरू पनि उपस्थित थिए। रेलवेका जेनरेल म्यानेजर अन्शुल गुप्ताले बताएअनुसार ट्रेन दुर्घटनाका घाइतेहरू हाल स्वस्थ्य छन्। रेलवे विभागको तर्फबाट तिनीहरूको उपचार चलिरहेको छ। तथापि ट्रेन दुर्घटनाको सम्बन्धमा सीआरएसले जाँच शुरू गरेको तिनले बताए। अर्कोतिर, जयन्त रायले भने, ट्रेन दुर्घटनामा घाइते भएका मानिसहरूको उपचार के-कस्तो प्रकारले भइरहेको छ भन्ने विषयमा जानकारी लिनको लागि आफू आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *