मैनागढीबाट 40 केजी गाँजासहित 3 जना पक्राउ

जलपाईगढी : मैनागढी थाना पुलिसले 40 केजी गाँजासहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू कुचबिहार जिल्ला निवासी क्रमैले सुदेव सरकार, तापस सरकार र पद सरकार सामेल छन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त गाँजा दिनहाटाबाट सिलगढी लगिरहेको गोप्य सुइँको पाएपछि पुलिसले मैनागढीको इन्दिरा मोड इलाकाको पार्क रोडमा दुईवटा वाहन रोकेर छानबीन गर्दा 40 केजी गाँजा उद्धार गर्नको साथै वाहनमा सवार 3 जना युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *