मैनागढी कलेजमा क्यान्सरबारे जागरूकता शिविरको आयोजना

सिलगढी : मैनगढी कलेजमा क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो। कलेजको एनएसएस युनिटको पहल तथा मनिषा नन्दी फाउन्डेसनको सहयोगितामा आज क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा क्यान्सर विशेषज्ञ डा. सप्तर्षी घोषले कलेजका विद्यार्थी लगायत प्रोफेसरहरूलाई क्यान्सर रोगबारे सचेतन गराए। उक्त शिविरमा विशेष गरेर विद्यार्थीहरूलाई स्तन क्यान्सर लगायत अन्य क्यान्सरबारे सचेतन गराइयो। क्यान्सर रोगको लक्षण तथा क्यान्सर भएको खण्डमा के गर्नु उचित हो भन्ने विषयमा डा. सप्तर्षी घोषले जानकारी गराइन्। तिनले बताएअनुसार हाल कम उमेरकाहरूलाई विभिन्न प्रकारको क्यान्सर रोग पुष्टि भइरहेको छ। यदि पहिलै क्यान्सर रोग लागेको थाहा पाए डाक्टरको परामर्श अनुसार यसको सटीक उपचार गरेर रोग निको पार्न सकिन्छ। यस प्रकारको सचेतनता शिविरको आयोजना गरेर क्यान्सर रोगबारे मानिसहरूलाई सचेतन गर्न सकिने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *