मैनागढीको पोट्रोल पम्पका कर्मचारीहरूलाई पिस्तोल-छुरी देखाएर 5 लाख रुपियाँ छिनताई

मैनागढी : आज दिउँसै पोट्रोल पम्पका दुईजना कर्मचारीलाई पिस्तोल र हतियार देखाएर 5 लाख रुपियाँ छिनताई गरेर दुष्कृतिहरूले चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटनाले गर्दा मैनागढी ब्लकको राजारहाट मोड संलग्न इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार मैनागढी ब्लकको राजारहाट मोड संलग्न एउटा पेट्रोल पम्पको म्यानेजर र एकजना कर्मचारी 5 लाख रुपियाँ ब्याङ्कमा जम्मा गर्न गइरहेको समय एउटा वाहनमा सवार 5 जना दुष्कृतिहरूले तिनीहरूको बाटो छेके। यसपछि तिनीहरूलाई पिस्तोल र हतियार देखाएर रुपियाँले भरिएको ब्याग खोसेर ती दुष्कृतिहरूले चम्पट कसेको बताइएको छ। घटनापछि मैनगढी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा मैनागढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *