मैनगढीको पीडित नाबालिकाको मृत्यु, परिवारद्वारा सीबीआई जाँचको माग

सिलगढी : मैनागढीको पीडित नाबालिकाको आज बिहान उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा मृत्यु भएको छ। छोरीको मृत्युपछि बाबुले सीबीआई जाँचको माग गरेका छन्। घटनाक्रमअनुसार गत फरवरी महिनामा गाउँकै एकजना युवकले नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ।  पीडित परिवारले उक्त युवकविरुद्ध थानामा अभियोग दर्ता गरे तापनि तिनले अगावै अदालतबाट जमानत लिइसकेका थिए। केही दिन अघि नाबालिकाको घरमा गएर छुरी देखाएर हत्या गर्ने धम्की दिएको बताइएको छ। यसपछि उक्त नाबालिकाले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गर्दा तिनी जलेपछि हाल उत्तरबंग मेडिकल कलेजमा उपचाराधीन अवस्थामा थिए। उक्त घटनामा पुलिसले केही व्यक्तिहरूलाई आशंकामा पक्राउ गरेको छ। आज बिहान उपचाराधीन अवस्थामा नाबालिकाको मृत्यु भएपछि परिवारका सदस्यहरूले घटनाको सीबीआई जाँच गरिनुपर्ने माग गरेका छन्। उक्त घटनाका आरोपीलाई कठोर सजाय दिइनुपर्ने मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbetting girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes