मैनागढीमा झुन्डिएको अवस्थामा कृषकको शव उद्धार

जलपाईगढी : मैनागढी ब्लकको सापटीबारी मालिपाडामा झुन्डिएको अवस्थामा एकजना कृषकको शव उद्धार भएको छ। मृतक कृषक गौतम रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले कोठाभित्र झुन्डिएको अवस्थामा गौतमको शव देखेपछि घटनाबारे मैनागढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। परिवार सूत्रले दिएको जानकारीअनुसार गत 9 महिना अघि पारिवारिक अशान्तिले गर्दा कृषकको स्वास्नी दुईजना नानालाई लिएर माइता गएपछि तिनी मानसिक तनाउमा थिए। यसैले गर्दा नै गौतमले आत्महत्या गरेको हुनसक्ने परिवारका सदस्यहरूले अनुमान लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *