मैनागढीमा सडक दुर्घटनामा 2 जना युवकको मृत्यु

जलपाईगढी : मैनागढी ब्लकको उल्लादाबारी जोडाबाँध इलाकामा सडक दुर्घटना हुँदा घटनास्थलमै दुईजना युवकको मृत्यु भएको छ। मृतक युवकहरू धुपगढीको आङराभाषा इलाका निवासी हुन्। तीमध्ये एकजना युवक सञ्जय मजुमदारको रूपमा चिन्हित गरिएको छ भने अन्य युवकको परिचय थाहा लागेको छैन। प्राप्त जानकारी अनुसार यी दुईजना युवक बाइकमा सवार भएर धुपगढीबाट जलपाईगढीतर्फ गइरहेको समय मैनागढीको उल्लादाबारी इलाकामा एउटा यात्रीवाहक बससित ठोक्किँदा घटनास्थलमै बाइकमा सवार दुईजना युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सदर अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *