मैनागढीमा साँपले डसेर नवौँ श्रेणीका छात्रको मृत्यु 

जलपाइगढी: साँपले डसेर मैनागुढी जलपेश मन्दिर संलग्न गाउँका नवौं श्रेणीका छात्र जीत कुमार रायको मृत्यु भएको छ।  उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ। मृतकको परिवारले दिएको जानकारी अनुसार गत राति 16 वर्षीय जीत कुमारलाई साँपले डसेपछि तिनलाई मैनागढी अस्पताल लगियो, त्यहाँ पुग्दा स्थिति अझ बिग्रिएपछि तिनलाई सिलगढी अथवा जलपाइगढी रेफर गरिदिए। परिवारले आरोप लगाए अनुसार टिस्टा ब्रिज इलाकाको राष्ट्रीय राजमार्गमा अधिक जामको समस्या हुने भएकोले कुनै पनि एम्बुलेन्सका चालक जलपाइगढी जान नपाएपछि वाध्य भएर बिमारीलाई मालबाजार अस्पतालमा लगियो। मृतकका काका सुनील रायले बताए अनुसार जलपाइगढी मात्र 15-20 मिनटमा पुगिन्छ तर मालबजार धेरै टाढा पर्दछ। यदि राष्ट्रीय राजमार्गमा जामको समस्या नभएको भए सम्भवत जीत कुमार बाँच्ने थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *