मैनागढी सडक दुर्घटनामा 3 जनाको मृत्यु, धेरैजना घाइते

जलपाईगढी : जलपाईगढी मैनागढी ब्लकको सिङ्गीमारी इलाकामा मर्मान्तिक सडक दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने अन्य लगभग 25-30 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार गत राति 10 बजी आलु बोकेको ट्र्याक्टर एउटा यात्री वाहक बससँग ठोक्किँदा उक्त मर्मान्तिक दुर्घटना भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर स्थानीय अस्पतालमा लगेपछि आशंकाजनक अवस्थामा रहेकाहरूलाई जलपाईगढी सुपर स्पेसिलियटी अस्पताल एवम् उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरियो। घटनाको खबर पाएर मैनागढी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा वाहन उद्धार गरेर थानामा लगे। जलपाईगढी युवा तृणमूल सभापति सैकत चट्टोपाध्याय, जिल्ला परिषद् सभापति दुलाल देवनाथ र जलपाईगढी 3 नम्बर वार्डका पूर्व काउन्सिलर तथा समाजसेवी सरुप मण्डल दुर्घटनामा मर्नेहरूको परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गर्दै परिवारको साथमा सदैव रहने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *