मैनागढी ट्रेन दुर्घटना: जाँचको लागि कोलकाताबाट आइपुग्यो फोरेन्सिक टोली

जलपाईगढी : मैनागढीमा भएको ट्रेन दुर्घटनाको जाँचको लागि तीन सदस्यीय फोरेन्सिक टीम आज कोलकाताबाट जलपाईगढीको मैनागढीमा आएर घटनास्थलको निरीक्षण गर्नको साथै नमुना संग्रह गरे। यस अवधि फोरेन्सिक टोलीसित रेलवेका अधिकारी उपस्थित थिए। अर्कोतिर, रेलवे पुलिसका डीआईजी सोमा दास मित्र पनि जाँचको लागि घटनास्थलमा पुगेका थिए। यस सम्बन्धमा डीआईजी सोमा दास मित्रले भने, ट्रेन दुर्घटनापछि आफूहरूसमक्ष एउटा अभियोग  दर्ता गरेकोले गर्दा आज यसको जाँचको लागि घटनास्थलमा आइपुगेको हो। रेलवे विभाग लगायत आफूहरूले पनि उक्त ट्रेन दुर्घटनाको जाँच गरिरहेको तिनले बताए। हाल रेलवे विभागले दुर्घटनाग्रस्त रेलवे लाइनलाई हटाएर नयाँ रेलवे लाइनमा काम गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *