माइता घरमा नै आत्महत्या गरिन् गृहिणीले, लोग्ने पक्राउ

सिलगढी : एउटी गृहिणीले माइता घरमा नै आत्महत्या गरेको घटनाले आसिघर आउटपोस्ट अन्तर्गत शान्तिनगर इलाकामा सनसनी मच्चियो। अभियोगको आधारमा मृतक गृहिणीको लोग्ने राजु नन्दीलाई पुलिसले पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार केही दिन अघि गृहिणी माइता आएकी थिइन् भने गत राति तिनले घाटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। उक्त घटनापछि मृतक गृहिणीको आमाले आसिघर आउटपोस्टमा अभियोग दर्ता गरिन्। मृतक गृहिणीकी आमा लक्ष्मी सरकारको अभियोगअनुसार तिनको छोरीलाई ससुराली पक्षले शारीरिक तथा मानसिक रूपमा अत्याचार गर्ने गरेकोले गर्दा नै छोरीले आत्महत्या गरेको हो। गत 14 वर्ष अघि तिनको छोरीको राजु नन्दीसित बिहे भएको थियो भने तिनीहरूको 10 वर्षीय एउटी छोरी छन्। बिहेपछि नै राजुले रुपियाँको माग गर्दै छोरीलाई अत्याचार गर्ने गर्दथ्यो। अभियोगको आधारमा पुलिसले मृतक गृहिणीको लोग्नेलाई पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.