मजदुरको छोरी वर्षा परबीन राज्यमा छैटौँ स्थानमा

अलिपुरद्वार : अलिपुरद्वारकी वर्षा परबीनले उच्च माध्यमिक परीक्षामा 493 अङ्क प्राप्त गरेर राज्यमा छैटौँ स्थान ओगटेकी छन्। अलिपुरद्वारको सुदूर वनबस्ती इलाका निवासी वर्षा शिलबाड़ी हाट हाई स्कुलकी छात्रा हुन्। कला विभागकी छात्रा वर्षाको घरदेखि स्कुलको दूरी लगभग 7 किलोमीटर छ। तिनको बाबु मतियार रहमान अन्य राज्यमा मजदुरको काम गर्ने गर्दछन्। तिनको सफलतामा परिवार लगायत स्कुलका शिक्षकहरू निक्कै खुसी छन्। वर्षाले भनिन्, उच्च माध्यमिक परीक्षामा आफू टप टेनमा आउनेछु भनेर सोचेकी थिइनन्। म भविष्यमा डब्ल्युबीसीएस परीक्षा दिन चाहन्छु। कलेजमा भर्नाको लागि वर्षालाई स्कुलको तर्फबाट आर्थिक सहयोग गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *