मझुवा क्षेत्रका 150 परिवार भाजपामा सामेल

दार्जिलिङ:  भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवनको अध्यक्षतामा सम्पन्न आजको सभामा मझुवा क्षेत्रका धेरै समर्थकहरूले भारतीय जनता पार्टीलाई समर्थन जनाए। सभामा स्थानीय ढाड़गाँउ, अप्पर लोअर सिङ्गबुङ्ग डेरा, गैरीगाँउ अनि आरूबोटेका 150 परिवारका सदस्यहरू भाजपामा सामेल भएका छन्। जिल्ला उपाध्यक्ष एलएम लामा, एफडी रसाइली, महासचिव श्रावण राई, केसी कुमार छेत्री, जिल्ला सल्लाहकार सरोज थापा, भानु परियारको उपस्थितिमा सम्पन्न सभामा हाल देशमा मोदी लहर छाएकोले गर्दा नै यता,पश्चिम बंगाल राज्यमा पनि परिवर्तन हुनुपर्छ भन्ने संकल्प रहेको भाजपा समर्थकहरूले बताए। सबका साथ सबका विकासनारालाई आत्मा साथ गर्दै गोर्खा जातिको सपना साकार बनाउन देश अनि राज्यमा बहुमत हुनपर्ने, दिर्घकालिनदेखिको गोर्खा जातिको समस्या, पीपीएस अनि 11 जात गोष्ठीको समाधानको निम्ति 2024 सम्म प्रतिक्षा गर्नपर्ने म्याद रहेको वक्तहरूले बताए। आज भाजपामा सामेल भएको 5 वटा प्रशाखाका 150 भन्दा अधिक परिवारका समर्थकहरूबाट मझुवा क्षेत्र को-अर्डिनेटरका रूपमा धिरेन सुब्बा, सहयोगी मन प्रसाद सुब्बालाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *