मकैबारी चियाबगानमा नि:शुल्क आँखा जाँच शिविर

खरसाङ: रोटरी क्लब, खरसाङको आयोजनामा खरसाङ खण्डको मकैबारी चियाबगानमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरियो। मकैबारीको दुईवटा समाज मकैबारी ग्राम सुधार समिति, झर्ना परिवार अनि मकैबारी फेयर ट्रेडको सहयोगमा सम्पन्न उक्त शिविरमा मोठ 120 जनाले आफ्नो आँखाको जाँच गराए। रोटरी क्लबको तर्फबाट रोगीहरूलाई नि:शुल्क चस्मा पनि दिइयो।


यसको साथै कान नसुन्ने 10 जनालाई ईयर फोन प्रदान गरियो। उक्त शिविरमा रोटरी क्लबको पक्षबाट डा. सुबीर पल, डा. आभास ज्योति उपस्थित थिए। अर्कोतिर, मकैबारी क्षेत्रका मानिसहरूको निम्ति नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरेर यहाँका मानिसहरूलाई स्वास्थ्य सुविधा प्रदान गरेकोमा सम्पूर्ण मकैबारीको पक्षबाट झर्ना परिवारका सचिव इन्द्र कुमार लामाले रोटरी क्लब, डाक्टरहरू तथा सहयोगीहरू सबैप्रति आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *