मकैबारी कमानका श्रमिकहरूको समस्याबारे खरसाङ डीटीडीपीएलयु-को सभा

खरसाङ : खरसाङ खण्ड अन्तर्गत पर्ने मकैबारी चियाकमानमा श्रमिकहरूको विभिन्न समस्या एवम् सांगठनिक गतिविधिमाथि चर्चा-परिचर्चा गर्न आज मकैबारीको गोजमुमो पार्टी लगायत यससँग सम्बन्धित सबै भातृ संगठनका प्रतिनिधिहरूलाई लिएर डीटीडीपीएलयु खरसाङ महकुमा समितिको आयोजनामा  खरसाङको धोबी खोलास्थित कार्यालयमा एउटा सभाको आयोजना गरियो। संगठनको खरसाङ महकुमा सचिव सागर गुरूङले सञ्चालन गरेको सभामा डीटीडीपीएलयु मकैबारी शाखालाई विघटन गरियो भने आगामी पन्ध्र दिनभित्रमा नयाँ कमिटी गठन गर्नको निम्ति सुबु राईलाई संयोजकको रूपमा चयन गरियो। संगठनका केन्द्रीय समिति सभापति करूणा गुरूङको सभापतित्वमा सम्पन्न सभामा संगठनको खरसाङ महकुमा समिति सभापति प्रणाम रसाईली, केन्द्रीय समिति सदस्य मण्डल छेत्री, भक्तिमान तामाङ, युवा मोर्चा केन्द्रीय समिति सदस्य सञ्जीब छेत्री, नारी मोर्चा खरसाङ महकुमा सदस्य कला छेत्री लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *