मकैबारीको जङ्गलमा आगलागीको कारण क्षेत्रवासी भयभीत

मकैबारी: खरसाङ शहरदेखि प्राय: तीन किलोमीटर तल मकैबारीको जङ्गलमा आगो लागेको कारणले क्षेत्रका मानिसहरू धेरै भयभित बनेका छन्। विशेषगरी हिजदेखि नै जङ्गलमा लागेको आगोले अहिले विस्तारै कैलापानी गाउँ क्षेत्रमा प्रवेश गरेको छ। गाउँको देब्रेतिरको घना जङ्गलमा आगो धेर लागेको छ भने अर्कोतिर गाउँको तल्लो भाग जङ्गलमा तथा उता अम्बटे क्षेत्रको जङ्गलमा पनि त्यसरी नै आगो लागेकोले सम्पूर्ण गाउँ नै आगोको चपेटमा परेको छ। गाउँ अहिले धुवाँले भरिर प्रदूषित भएको छ। स्थानीय गाउँलेहरूले आगोलाई गाउँभित्र पस्न नदिन अनि दुर्घटनाबाट गाउँलाई बचाउन भरमग्दुर प्रयास गरिरहे तापनि आगोले विकराल रूप लिइरहेकोले गाउँलेहरू धेरै भयभीत बनिरहेका छन्। आगोलाई गाउँभित्र पस्न नदिनको निम्ति बगान पक्षबाट पनि सक्दो प्रयास गर्नको साथै आगो निभाउने कार्य लगातार रूपमा चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *