‘मख्खै बनायो’ म्युजिक भिडियो सार्वजनिक

मङ्पु: भानु जयन्तीको अवसर पारेर आज सिटोङका युवा गायक प्रणय गुरुङको स्वर अनि यसै क्षेत्रका कम्पोजर किशोर राईको शब्द/संगीत रहेको “मख्खै बनायो” को म्युजिक भिडियो सार्वजनिक गरियो। यस म्युजिक भिडियोलाई बिशेष होमस्टेका मालिक बिक्रम राईको बाहुलीबाट विदिवत् रूपमा सार्वजनिक गरियो। उक्त भीडियोमा धेरै म्युजिक भिडियो खेलेर दक्षता हासिल गरिसकेका कलाकारहरू मञ्जित दियाली र शितलमित लेप्चाले प्रमुख रूपमा अभिनय गरेका छन् भने साथमा स्थानीय कलाकारहरू ईभाना लेप्चा, रिमा दियाली, प्रगति गुरूङ, महेश खवास, विवेक खवास, पवन गुरुङ, भास्कर गुरुङ रहेको छ। यस म्युजिक भिडियोलाई मनजित दियालीले निर्देशन गरेका छन भने क्यामेराम्यान राजीव खवास, संगम राई, सुभम गुरुङ तथा मेकअप कञ्चन लोहार र पोस्टर उज्जवल राई रहेको छ। यस सार्वजनिक कार्यक्रममा यस म्युजिक भिडियोका कलाकारहरू साथै समाजसेवी बिक्रम राई, युवा गायक शरण गुरुङ, कम्पोजर/शब्दकार किशोर राई आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *