माकपा-का पूर्व पार्षदहरूद्वारा गौतम देवलाई ज्ञापन

सिलगढी : आठ सूत्रीय मागलाई लिएर माकपाका पूर्व पार्षदहरूले सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवसित भेट गरेर एउटा ज्ञापन चढाए। आज माकपाका 15 पूर्व पार्षदहरूले प्रशासक मण्डलीसित एउटा बैठक गरे। यस अवसरमा पूर्व पार्षद मुन्शी नुरुल इस्लामले आफू यहाँ साधारण मानिसहरूको समस्या समाधान गर्नको लागि आएको साथै प्रशासक मण्डलीलाई कोरोना भ्याक्सिनसित सम्बन्धित विविध समस्याहरूबारे अवगत गराएको बताए। हाल वार्डहरूमा को-अर्डिनेटर नरहेकोले सफाई कर्मचारीहरूले विभिन्न समस्याको सामना गर्न परिरहेकोले ती सबै समस्याहरूलाई लिएर आज आफू सिलगढी नगरनिगमका प्रशासकसित भेट गरेर ज्ञापन पत्र चढाएको बताए। अर्कोतिर, प्रशासक गौतम देवले यस विषयमा विचार गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *