माकपा नेता तथा प्रशासक अशोक भट्टाचार्य कोरोना संक्रमित

सिलगढी : सिलगढीका विधायक तथा प्रशासक अशोक भट्टाचार्य कोरोना संक्रमित भएका छन्। स्वाब टेस्ट रिपोर्ट पोजेटिभ आएपछि अब तिनलाई कोभिड-19 अस्पतालमा भर्ना गरिने भएको छ। स्मरण रहोस्, केही दिन अघिदेखि प्रशासक अशोक भट्टाचार्य ज्वरो र खोकीले ग्रस्त भएपछि तिनलाई चिकित्सकको निर्देशअनुसार एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो। त्यस समय तिनको कोरोना टेस्टको रिपोर्ट नेगेटिभ आएको थियो। तर हिजो अचानक तिनी अस्वस्थ भएपछि मतिगढा संलग्न एउटा निजी अस्पतालमा तिनलाई भर्ना गरेपछि तिनको फेरि कोरोना टेस्ट गरियो। आज तिनको उक्त टेस्टको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *