माकपा प्रार्थीको नामाङ्कन रद्द गरिनुपर्ने मागलाई लिएर एसडीओसित भेट गर्यो तृणमूलले

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर राजनैतिक माहौल गर्मिएको छ भने पक्ष-विपक्षमाझ आरोप-प्रत्यारोप लगाउने क्रम जारी छ। यसैबीच सिलगढीको 45 नम्बर वार्डको तृणमूल कङ्ग्रेस उम्मेद्वार वेदव्रत दत्तले माकपा प्रार्थी नुरुल इस्लामको नामाङ्कन रद्द गर्ने माग गरेका छन्। तिनले आज यस मामिलालाई लिएर सिलगढीका एसडीओसित भेट पनि गरे। वेदव्रत दत्तले सिलगढीको 45 नम्बर वार्डबाट माकपा प्रार्थीको रूपमा नगरनिगम चुनाउमा खडा भएका नुरुल इस्लामको एफिडेबिटमा गरेको हस्ताक्षर नकली रहेको साथै एफिडेबिटमा सम्मिलित कागजपत्र पनि नकली रहेको बताए। नुरुल इस्लामले चुनाउ आयोगलाई यस विषयमा धेरै जानकारीहरू लुकाएको तिनले आरोप लगाए। यसै मुद्दालाई लिएर तिनले आज सिलगढीका एसडीओसित भेट गरेर नुरूल इस्लामको नामाङ्कन पत्र रद्द गरिनुपर्ने माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *