माकपा रेड भोलेन्टियर्स-द्वारा नक्सलबारीको विभिन्न इलाकामा सेनिटाइज

नक्सलबारी : नक्सलबारीको माकपा रेड भोलेन्टियर्सको तर्फबाट आज रथखोला मोड़ लगायत विभिन्न ठाउँहरूमा सेनिटाइज गरियो। यसको साथै साधारण मानिसहरूलाई कोरोनाबारे जागरूक पनि गराए। गौतम घोषले बताएअनुसार हाल कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर रेड भोलेन्टियर्सको तर्फबाट यहाँको विभिन्न इलाकाहरूमा धेरै दिनदेखि लगातार सेनिटाइज गरिरहेको छ। नक्सलबारीको विभिन्न इलाकाहरूमा हाल कोरोना संक्रमितहरूको संख्या बढ्दै गइरहेकोले गर्दा यसको रोकथाम गर्ने उद्देश्य लिएर नक्सलबारी रथखोला मोड़देखि शुरू गरेर पानीघट्टा मोड़सम्मको विभिन्न ठाउँहरूमा सेनिटाइज गरिएको तिनले बताए। यसको साथै मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सामाजिक दूरी पालन गर्ने, इलाकामा साफ-सफाई राख्ने अपील गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *