मलट कोठीधुरामा बिमल गुरुङको नेतृत्वमा सेनिटाइज

सुकेपोखरी: पहाडमा पनि हाल बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आज गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी धजे समष्टि अन्तर्गत कोठीधुरा तल्लो शाखाद्वारा गाउँ घरमा सेनिटाइज गरियो। यसको साथै प्रत्येक घरमा गएर कोरोनाबारे मानिसहरूलाई सचेत गराउँदै मास्क पनि वितरण गरियो। उक्त कार्य गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि गोजमुमो कोठीधुरा शाखा अध्यक्ष दिनेश थापाको अगुवाइमा गरियो। हाल गाउँ-घरहरूमा सेनिटाइज गर्न अत्यन्तै आवश्यक रहेकोले गर्दा नै उक्त कार्य गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *