मलट कोठीधुरामा श्रमिकहरुलाई मास्क वितरण

सुकेपोखरी: हाल बढ्दो कोभिड 19-को संक्रमणलाई केन्द्र गरेर नागरी धजे समष्टि अन्तर्गत कोठीधुरा तल्लो शाखा गोजमुमो बिमल खेमा अध्यक्ष दिनेश थापाले आज मलट कोठीधुरा तल्लो शाखाका चिया श्रमिकहरुलाई मास्क वितरण गरे। करोना संक्रमणको समय हाल मास्क लगाउन अति नै अनिवार्य रहेकोले गर्दा नै यो वितरण गर्न जरूरी सम्झेर सबै चिया श्रमिकहरुलाई बाँडिएको कुरा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *