मालबजारबाट हात्तीको दाँत सहित महिला पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तले अभियान चलाएर लगभग 8 सय ग्राम ओजन भएको एउटा हात्तीको दाँतसहित एउटी महिलालाई पक्राउ गरेको छ। आरोपी महिला मालबजार निवासी हेमन्ती गुरूङको रूपमा चिन्हित गरिएको छ। बैकुण्ठपुर वन विभाग सूत्रले दिएको जानकारी अनुसार डुवर्सको ओदलाबारी नजिक एउटा होटलअघि हात्तीको दाँत सहित उक्त महिलालाई पक्राउ गरेको बताइएको छ। बैकुण्ठपुर वन विभागका डीएफओ उमारानी एनले बताएअनुसार उद्धार गरिएको हात्ती दाँत उक्त महिलाले कहाँबाट ल्याएको अनि कहाँ लगिरहेको थियो भन्नेबारे जाँच शुरू गरेको छ। यसको साथै पक्रा परेका आरोपी महिलालाई आज अदालतमा पेश गरेपछि हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.