मालबजारका आईसी सुजीत लामालाई पुलिस मेडल सेवा पदक प्रदान गरिने

मालबजार: मालबजार थानाका आईसी सुजीत लामालाई पश्चिम बंगाल सरकारले पुलिस मेडल सेवा पदकद्वारा सम्मानित गरिने भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले केही दिनपछि एउटा कार्यक्रमबीच उक्त पदक तिनलाई प्रदान गरिने थाहा लागेको छ। तिनलाई यो पदक गत 2018-मा तिनले गरेको कार्यलाई हेरेर प्रदान गरिएको बताइएको छ। सुजीत लामाले यसभन्दा अघि सोनादा, जोरबङ्ग्ला, जलढाका, रिम्बिक, लोधोमा, सेभोक, मिरिक, पानीघट्टा र फाँसीदेवा थानाहरूमा प्रभारीको रूपमा कार्य गरेर प्रशंसा बटुलिसकेका छन् भने तिनले कालेबुङ थानामा ट्राफिक ओसीका रूपमा पनि कार्य गरिसकेका छन्। तिनी डुवर्सको एउटा सानो कमानमा साधारण परिवारमा जन्मिएका थिए भने स्थानीय सरकारी विद्यालयमा नै अध्ययन गरेर पनि उच्च प्रशासनिक पदमा पुगेर एउटा उदाहरण प्रस्तुत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *