मालबजारमा दुर्गा विसर्जन अवधि दुर्घटनामा  8 जनाको मृत्यु धेरैजना घाइते, राज्य र केन्द्र-द्वारा आर्थिक सहयोगको घोषणा 

सिलगढी : मालबजार स्थित माल नदीमा दुर्गा माता विसर्जन गर्दा अचानक नदीको जलस्तर बढ़्दा धेरैजनालाई नदीले बगाएर लग्यो। उक्त घटनामा 8 जनाको मृत्यु भएको छ भने धेरैजना निखोज छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत् उक्त घटनाप्रति शोक प्रकट गर्दै मृतकको परिवारका सदस्यहरूलाई 2 लाख रुपियाँ र घाइतेहरूलाई 50 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।


अर्कोतिर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घटनाप्रति शोक प्रकट गर्दै मर्नेका परिवारलाई 2 लाख रुपियाँ र घाइतेहरूलाई 50 हजार रुपियाँ सहयोग राशि प्रदान गर्ने घोषणा गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *