माल ब्लकको तोरीबारीमा बिमलखेमाको सभा सम्पन्न

डुवर्स: पश्चिम डुवर्स माल ब्लक क्षेत्रको तोरीबारीमा गोजमुमो बिमल खेमाको एउटा सभा नन्दु प्रधानको सभापतित्वमा सम्पन्न भयो। उक्त सभामा गोजमुमो अध्यक्ष बिमल गुरूङको भव्य स्वागतको तयारीको लागि युवाहरूले के-कस्तो भीमिका निर्वाह गर्नुपर्ने विषयबारे चर्चा परिचर्चा गरियो। उक्त सभामा गोजमुमो पश्चिम डुवर्स संयोजक सौरभ पराजुली, गोर्खा जनमुक्ति युवा मोर्चा डुवर्स प्रमुख सल्लाहकार सुरज ढकाल विशेष रूपमा उपस्थित  थिए। सभामा गोर्खा जनमुक्ति युवा मोर्चा तोरीबारी शाखा गठन गरियो।


उक्त कमिटीमा सभापति सितम लामा, उप-सभापति विष्णु तामाङ, सचिव योगेश गुरूङ, सह-सचिव कृष्ण छेत्री, कोषाध्यक्ष निमा तामाङ, सह-कोषाध्यक्ष दर्पण राई, साधारण सदस्यहरूको पदमा कुबीर सुब्बा, आनन्द मिजार, सनम तामाङ, दिनेस प्रधान, रूबेन लामा, निलेस प्रधान, निशान छेत्री र बिशाल प्रधानलाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *