मालदाको निखोज 9 वर्षीय नाबालक सिलगढीको एनजेपीबाट उद्धार

सिलगढी : मालदाबाट निखोज भएको 9 वर्षीय नाबालकलाई एनजेपी थाना पुलिसले उद्धार गरेर परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ। निखोज नाबालक आशीष मन्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत शुक्रबार साँझ स्थानीय मानिसहरूले उक्त नाबालकलाई एनजेपी स्टेसन परिसरमा घुमफिर गरिरहेको देखेपछि सोधखोज गर्दा मालदा निवासी रहेको थाहा पाए। स्थानीय मानिसहरूले एनजेपी थाना पुलिसलाई यसबारे जनाकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर उक्त नाबालकलाई उद्धार गरेर थानामा लगे। पुलिसले नाबालकको परिवारलाई यसबारे जानकारी दिएपछि आज परिवारका सदस्यहरू एनजेपी थानामा आएपछि पुलिसले उक्त निखोज नाबालकलाई परिवारका सदस्यहरूलाई सुम्पिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *