सिलगढी : मालदामा दुईजना महिलालाई निर्वस्त्र गरेर कुटपीट गरेको घटनाको प्रतिवाद जनाउँदै आज सिलगढीमा अखिल भारतीय विद्यार्थी परिषद्(एबीभीपी)-ले विक्षोभ प्रदर्शन गर्यो। एबीभीपी-का कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढीको हासमी चोकमा पथ अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। यस अवधि अखिल भारतीय विद्यार्थी परिषदका विद्यार्थीहरूले हातमा पोस्टर, ब्यानरहरू बोकेर हासमी चोकमा विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले कुशको पुतला दहन गर्ने क्रममा पुलिससित तिनीहरूको विवाद तथा हातापाई समेत भएको बताइएको छ। पछि संगठनका सदस्यहरूले धरना प्रदर्शन गरेर घटनाको तीव्र निन्दा गरे। उक्त घटनामा संलग्न हुनेहरूलाई कठोर सजाय दिनुपर्ने साथै राज्यका महिलाहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने संगठनका सदस्यहरूले माग गरे।