मालदामा आग्नेयास्त्रसहित 3 पक्राउ

मालदा : गोप्य सूचनाको आधारमा मालदाको चाचल थाना पुलिसले गत अबेर राति अभियान चलाएर आग्नेयास्त्रसहित 3 जना युवकलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले इमदादुल हक, जहाँगीर आलम र शेख आलतार सामेल छन्। प्राप्त जानकारीअनुसार गत अबेर राति मालदा चाचल थाना पुलिसको गालिमपुर इलाका डकैत गर्ने उद्देश्यले 6 जना भेला भएका थिए। गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर आग्नेयास्तसहित 3 जना युवकलाई पक्राउ गरे तापनि अन्य 3 जनाले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले आरोपी युवकहरूबाट एउटा पाइपगन, कार्तुस, र धारिलो हतियार उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *