मालदामा बन्द अवधि हिंसा : वाहनहरूमा आगो झोसियो, पुलिस कर्मीहरू घाइते

मालदा : केन्द्रीय ट्रेड युनियनहरूले बोलाएको भारत बन्द अवधि मालदाको कालियाचक थानाअन्तर्गत पर्ने सुजापुर इलाका आज दिउँसो रणक्षेत्रमा परिणत भयो। बन्द समर्थकहरूले सडक अवरोध गर्नको साथै वाहनहरू तोड़फोड़ गर्नको साथै वाहनहरूमा आगो लगाइदिएर विक्षोभ प्रदर्शन गरे। यसपछि घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको लागि पुलिसले लाट्ठीचार्ज गऱ्यो। उक्त घटनामा केही पुलिस कर्मीहरू पनि घाइते भएका छन्।


प्राप्त जानकारी अनुसार बन्द समर्थकहरूले 34 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेपछि पुलिसले हस्तक्षेप गर्दा पुलिस अनि बन्द समर्थकहरूमाझ झमेला शुरू भएको बताइएको छ। आक्रोशित बन्द समर्थकहरूले यसपछि वाहनहरू तोड़फोड़ गर्नको साथै केही वाहनहरूमा आगो लगाइदिएको आरोप रहेको छ। यसको साथै पुलिसमाथि ईँटा-ढुङ्गाले प्रहार गरेपछि परिस्थिति नियन्त्रणमा ल्याउनको लागि पुलिसले लाट्ठीचार्ज गऱ्यो। लगातार तीन-चार घण्टासम्म कठोर प्रयास गरेपछि अन्तमा पुलिसले स्थिति नियन्त्रणमा ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *