मालदामा ब्राउन शुगरसहित 2 पक्राउ

मालदा : मालदाको मोथाबाड़ी पुलिसले ब्राउन शुगरसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज मालदा जिल्ला अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले 33 वर्षीय वासीम शेख र 20 वर्षीय साहबुल शेखको रूपमा सामेल छन्। गोप्य सूचनाको आधारमा गत राति मोथाबाड़ी पुलिसले रामनाथपुर इलाकामा अभियान चलाएर 300 ग्राम ब्राउन शुगरसिहत दुईजना युवकलाई पक्राउ गर्यो। जफत गरेको ब्राउन शुगरको बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको मोथाबाड़ी पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *