मालदामा प्लास्टिकको कारखानामा विस्फोट, 5 जनाको मृत्यु

मालदा : मालदाको कालियाचक थाना अन्तर्गत पर्ने स्कुलपाडामा प्लास्टिकको कारखानामा विस्फोट हुँदा 5 जनाको मृत्यु भएको छ भने अन्य 5 जनाको अवस्था आशंकाजनक रहेको बताइएको छ। प्राप्त जानकारीअनुसार आज बिहान 11 बजी प्लास्टिकको कारखानामा अचानक विस्फोट हुँदा 5 जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। यसको साथै गम्भीर घाइतेहरूलाई उद्धार गरेर मालदा मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। कालियाचक थाना पुलिसले मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *