मालदा मेडिकल कलेजमा जिल्लाशासकको छड्के भ्रमण

मालदा : मालदा मेडिकल कलेज एवम् अस्पतालको जिल्लाशासक राजषी मित्रले आज अचानक छड्के भ्रमण गरे। जिल्लाशासकले उक्त भ्रमण गर्नुको मुख्य उद्देश्य अस्पतालमा डाक्टरहरू नियमित तथा सटीक समयमा आइरहेका छन् कि छैनन् साथै अस्पतालमा रोगीहरूको सटीक जाँच भएको छ वा छैन आदि जस्ता विषयहरूमा जानकारी लिनको लागि रहेको बताइएको छ। उक्त भ्रमण अवधि अस्पतालको विभिन्न वार्डमा कार्यरत डाक्टरहरूको अनुपस्थिति देखेपछि यसलाई लिएर जिल्लाशासकले क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *