मालगाड़ीको चपेटमा परेर युवकको मृत्यु

कुचबिहार: विवाह समारोहबाट घर फर्किरहेको समयमा एकजना व्यक्तिको मालगाड़ीको चपेटमा परेर नृत्यु भएको छ। मृतक व्याक्तिको पहिचान गजेन बर्मनको रूपमा गरिएको छ। उक्त घटना मंगलवार राति माथाभांगा एक नम्बर ब्लकको नयरहाट ग्राम पञ्चायत अन्तर्गत पानीग्राम इलाकामा भएको थियो।स्थानीय सूत्र अनुसार गजेन बर्मनको गत राति पानीग्राम इलाकामा एउटा विवाह भोजबाट घर फर्किरहेको समय मालगाड़ीको चपेटमा परेर मृत्यु भयो।  अर्कोतिर, घटनाको  खबर पाउन साथ माथाभांगा थाना पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पोस्टमार्टमको लागि माथाभांगा मुर्दाघरमा पठाइयो। पुलिसले घटना जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *