दार्जिलिङ (निसं): दार्जिलिङ चिया श्रमिकहरूको बोनसलाई लिएर दोस्रो चरणको बैठक पनि आज असफल भएको छ। श्रमिक संगठनद्वारा यी दुई दिनमा कुनै फसेला नआएमा आउँदो सोमबारदेखि गेट मीटिङ गर्ने चेताउनी श्रमिक संगठनद्वारा दिएको हिल तराई डुवर्स प्लान्टेसन् वर्कर्स युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले बताए। तिनले बताएअनुसार आजको बैठकमा श्रमिक संगठनहरूले चियाकमानको पुजा बोनस 20 प्रतिशतले दिनुपर्ने मागमा अडिग रहे तापनि तथाकथित कमानको मालिक पक्ष 13 प्रतिशतदेखि नबढेकोले आजको बैठक स्थगित भएको हो भनी तिनले जानकारी दिएका छन्।
