मल्लीमा जिल्ला पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमद्वारा स्थलगत निरीक्षण

मल्ली (निसं): उत्तर चुङथाङमा रहेको टिस्टा नदीको बाँध पूर्ण रूपले क्षतिग्रस्त बनेपछि यता टिस्टा नदीमा बाढ़को स्थिति उत्पन्न भएपछि यसले प्रभावित पारेको मल्ली क्षेत्रको आज नाम्ची जिल्लाका पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमले स्थलगत निरीक्षण गरेकी छन्। तिनले घटनास्थलमा पुगेर स्थितिबारे विस्तृत छानबिन गर्नको साथै स्थानीय मानिसहरूसँग घटनाबारे कुराकानी पनि गरिन्।

प्राप्त जानकारी अनुसार टिस्टाको बाढ़ले मल्लीमा केही घरहरूलाई व्यापक क्षति पुऱ्याएको छ भने वाहनहरू नदीले बगाएर लगेको बताइएको छ। यसको साथै यहाँको केही गोदामहरू अनि खेल मैदान पूर्ण रूपले क्षतिग्रस्त पारिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes