मालुटार चियाबारीमा सम्पन्न महिला फुटबल टुर्नामेन्टको उपाधि टुङ्गको झोलीमा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत मालुटार चियाबारीको डाक बंगला युथ क्लबको आयोजनामा भइरहेको महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। उक्त फुटबल प्रतियोगितामा मोठ 12 वटा महिला फुटबल टोलीले अंश ग्रहण गरेका थिए। गत अक्टोबर महिनादेखि शुरू भएको महिला फुटबल टुर्नामेन्टको फाइनल खेल गैरी गाउँ टुङ्ग बनाम कैलापानी-मकैबारीमाझ सम्पन्न भयो। यस खेलमा मकैबारीलाई 7-1 गोलले पराजित गरेर गैरी गाउँ टुङ्गले उपाधि जित्यो।


यस टुर्नामेन्टको विजेता दललाई ट्रफीसहित नगद राशि 18 हजार प्रमुख अतिथि मालुटार चियाबारीका गार्डन बाबु बैजु थापाको बाहुलीबाट प्रदान गरियो भने उप विजेता मकैबारीलाई अतिथि कुमार छेत्रीको बाहुलीबाट ट्रफीसहित 14 हजार नगद राशि प्रदान गरियो। फाइनल खेलमा टुङ्गको जर्सी नम्बर 15 सुस्मिता लेप्चा प्लेयर अफ् द म्याच अनि मकैबारीको जर्सी नम्बर 9 दिपना प्लेयर अफ् द टुर्नामेन्ट चयन भइन्। खेलको निर्णायकमा सागर छेत्री अनि सह निर्णायकमा राहुल राई र यादुब राई थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *